Like us!
Follow us!
Connect us!
Watch us!

युरेनियम खोज्दै भारतीय सुरक्षाकर्मीको टोली नेपालमा

पत्रपत्रिका

बुधबार, ०४ साउन २०७९, ०६ : ०९ मा प्रकाशित

युरेनियम खोज्दै भारतीय सुरक्षाकर्मीको टोली नेपालमा

नेपालमा युरेनियम खोजी गर्न भारतीय सुरक्षाकर्मीको एउटा टोली आएको छ। भारतीय प्रहरीको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिकेसन (सिबिआई) र भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विङ (रअ) को ६ सदस्यीय टोली एक सातादेखि नेपालमा छ।

स्रोतका अनुसार भारतीय सुरक्षाकर्मीको टोली नेपालमा एउटा गिरोहसँग रहेको भनिएको २७ किलो युरेनियमको खोजीमा छ। सुरुमा भारतीय अधिकारीले काठमाडौँमै युरेनियम भएको सूचना पाएको भन्दै त्यसको जानकारी नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई दिएको थियो। यी निकायबाट केही जानकारी नआएपछि भारतीय प्रहरीले सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोलाई पनि यसबारे सूचना दिएको थियो। 

सशस्त्रको इन्टेलिजेन्स ब्युरोले काठमाडौंमा यसको कारोबार हुन सक्ने भन्दै खोजी गरिरहेका बेला भारतीय टोली नेपालको सुरक्षा निकायसँग समन्वय गर्दै यहाँ आएको स्रोतको दाबी छ। नेपाल प्रहरीले भने यो विषयमा जानकारी नभएको जनाएको छ। 

नागरिक दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको