Like us!
Follow us!
Connect us!
Watch us!

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सकाे संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, ०४ साउन २०७९, ११ : २८ मा प्रकाशित

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सकाे संस्थापक सेयर बिक्रीमा

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । फाइनान्सका संस्थापक सेयरधनी बसन्त प्रसाद जाेशीले आफ्नाे नाममा रहेकाे २० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेकाे हाे ।

फाइनान्सले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर फाइनान्सकाे केन्द्रिय कार्यालय, डिल्लीबजार, काठमाडाैँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि फाइनान्सले जनाएकाे छ । 

फाइनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

62d7975932c14.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको