Like us!
Follow us!
Connect us!
Watch us!

श्री इन्भेष्टमेन्ट फाइनान्सको नाफामा पहिरो

अर्थ संसार

आइतबार, ०८ माघ २०७९, ०६ : ५० मा प्रकाशित

श्री इन्भेष्टमेन्ट फाइनान्सको नाफामा पहिरो

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधिमा फाइनान्सको मुनाफामा व्यापक गिरावट आएकोे देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा फाइनान्सले २ करोड ७४ लाख ३४ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४६.५५ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा फाइनान्सले ५ करोड १३ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म फाइनान्सको सञ्चालन मुनाफा पनि ५५.११ प्रतिशतले घटेर २ करोड ९६ लाख २५ हजार रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा फाइनान्सको सञ्चालन मुनाफा ६ करोड ६० लाख रूपैयाँ रहेको थियो । त्यसैगरी,  पहिलो त्रैमाससम्म आइपुग्दा फाइनान्सको खुद व्याज आम्दानी पनि ४ प्रतिशतले घटेर १० करोड ५ लाख रुपैयाँ पुगेको छ । 
 

त्यस्तै, फाइनान्सको चुक्ता पुँजी ९८ करोड १६ लाख रुपैयाँ र जगेडा कोषमा ३० करोड ६३ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी घटेर ४ रुपैयाँ २२ पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ५३ पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

63cc8c203b245.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको