श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न ३० औं वार्षिक साधारण सभा बोलाएको छ।
कम्पनीले पुस २९ गते सोमबार, आफ्नो रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौँमा बिहान १० बजे सभा आयोजना गर्ने जनाएको छ।
यस वर्षको साधारण सभामा, कम्पनीले हाल कायम चुक्ता पूँजीको १.६८ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.०९८२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, सभाले प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहको रिक्त १ जना सञ्चालक पदमा नियुक्ति अनुमोदन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्ने छ।
साधारण सभा र लाभांश वितरणको लागि फाइनान्सले पुस १९ गते एक दिनको बुकक्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भएका कायम सेयरधनीहरूले फाइनान्सको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस