श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले सेयर स्वामित्व परिमार्जन गर्ने भएको छ । कम्पनीले संस्थापक समूहकाे सेयर स्वामित्व घटाउन थालेकाे हाे ।
याे सँगै अब कम्पनीको संस्थापक र साधारण सेयरको संरचना ५१:४९ को अनुपात हुनेछ । यसअघि ५३.३२:४६.६८ काे अनुपात रहेकाे थियाे ।
त्यसैगरी, कम्पनीले संस्थापक सेयरलाई साधारण सेयरमा परिवर्तन गर्न नचाहाने संस्थापक शेयरधनीहरूलाई साेही अनुसारकाे स्व:घोषणा गरी यस सूचना प्रकाशन भएकाे १५ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा लिखित जानकारी गराउन अनुराेध गरेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस