Like us!
Follow us!
Connect us!
Watch us!

अन्नपूर्ण केबलकारको मनसुन अफर, २० प्रतिशतसम्म छुट पाइने

अर्थ संसार

विहीबार, ०५ साउन २०७९, १२ : ४० मा प्रकाशित

अन्नपूर्ण केबलकारको मनसुन अफर, २० प्रतिशतसम्म छुट पाइने

पोखराको अन्नपूर्ण केबलकारको नियमित मर्मत तथा सम्भार पश्चात पूर्व निर्धारित समय भन्दा एक दिन अगावै श्रावण ६ गतेदेखि सञ्चालनमा आउने भएको छ । केबुलकारले आफ्ना सम्पूर्ण नेपाली ग्राहकहरुको लागि श्रावण ६ गतेदेखि भाद्र ३१ गतेसम्म २०% प्रतिशत छुट दिने भएको छ । 

पोखरा उपत्यकाको पश्चिम उत्तरी भागको लेकसाईड, सेदिबगरबाट अन्नपूर्ण केबुलकार चढी सराङकोटमा श्रावण महिनामा श्री कैलाशेश्वर महादेवको दर्शन गर्नुका साथै कास्की कोट दरबारसम्मको पैदल यात्रा गर्न सकिनेछ । साथै अन्नपूर्ण हिमाल, माछापुच्छ्रे हिमाल, धवलागिरी हिमालका श्रृखलासंगै सूर्योदयको मनोरम दृश्यको आनन्दका साथ केबुलकार परिसरमै  सुविधा सम्पन्न रेष्टुरेन्ट सेवा, कफी सप, रेष्टुरेन्टबाट चारै तर्फको आनन्ददायी मनोमोहक दृश्य तथा जिप फ्लायएर, सुइङ्ग, स्काई साइक्लीङको समेत साहसिक अनुभव लिन सकिनेछ ।

साथै केबलकारबाट पोखरा शहर, फेवाताल, शिव प्रतिमा, विश्व शान्ति प्यागोडा लगायतका दृश्यहरु पनि हेर्न सकिनेछ । पोखरामा नयाँ अनुभवका लागि अन्नपूर्ण केबलकार थप एक दिनको गन्तव्य बनेको छ । यात्रुहरुको सुविधाको लागि लेकसाईड देखि केबलकारको तल्लो स्टेशनमा सटल बसको व्यवस्था गरेको छ । केवलकार बिहान ९ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म नियमित रुपमा सञ्चालन हुनेछ । 

 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको