Like us!
Follow us!
Connect us!
Watch us!

गर्मीका कारण तातो हावा चल्दा स्पेनमा एक सातामै ६७९ को मृत्यु

अर्थ संसार

विहीबार, ०५ साउन २०७९, १३ : ५८ मा प्रकाशित

गर्मीका कारण तातो हावा चल्दा स्पेनमा एक सातामै ६७९ को मृत्यु

स्पेनमा प्रचण्ड गर्मीका कारण तातो हावा चल्दा एक हप्तामा ६७९ जनाको मृत्यु भएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यहाँ जुलाई १० देखि १७ सम्ममा ६७९ जनाको ज्यान गएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार जुलई १७ मा मात्र एकैदिन १६९ जनाको तातो हावाबाट ज्यान गएको बताइएको छ । यहाँको एक स्वास्थ्य संस्थाले गरेको अनुसन्धानबाट तातो हावाबाट सबैभन्दा धेरै यहाँका ज्येष्ठ नागरिकहरुको ज्यान गएको छ ।

सो संस्थाले गरेको अनुसन्धानबाट यहाँ बुधबारसम्म ज्यान गएका ६७९ मध्ये ४३० जना ८५ वर्षभन्दा माथिका नागरिक रहेका देखिएको छ । देशका विभिन्न भागको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको बताइएको छ र गर्मीका कारण मानिसहरुको ज्यान जाने क्रम रोकिएको छैन ।

यहाँका स्वास्थ्य अधिकारीहरुले गर्मी अझै बढ्ने अनुमान गरिएको जनाएका छन् । उनीहरुका अनुसार तातो हावाबाट ज्यान जानेको सङ्ख्या थप बढ्न पनि सक्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको