Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकको वितरणयोग्य मुनाफा २९ प्रतिशतले बढ्यो

अर्थ संसार

आइतबार, ०८ साउन २०७९, ०६ : २२ मा प्रकाशित

लुम्बिनी विकास बैंकको वितरणयोग्य मुनाफा २९ प्रतिशतले बढ्यो

लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको नाफा उल्लेख्य बढेको छ । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले ६५ करोड ५६ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ५५.६९ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले ४३ करोड ३९ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी पनि ४०.१५ प्रतिशतले बढेर १ अर्ब ५७ करोड ६० लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी १ अर्ब २१ करोड १० लाख रूपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि ६०.२ प्रतिशतले बढेर ९७ करोड ३ लाख रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले ६० करोड ६३ लाख रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ४७ करोड ९२ लाख रुपैयाँ रहेको छ जुन गत आर्थिक बर्षको तुलनामा २९.२४ प्रतिशतले बढि हो ।

त्यस्तै, बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड ४२ लाख रुपैयाँ र जगेडा कोषमा २ अर्ब ५२ करोड ५० लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १४ रुपैयाँ ९३ पैसाबाट बढेर २० रूपैयाँ ५७ पैसामा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ १९ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको