Like us!
Follow us!
Connect us!
Watch us!

ब्रेक भयो २९८४ बाट बजार खसेपछि बनेको डाउन ट्रेन्ड, देखियो शार्प एकुमुलेसन

बसन्त पाण्डे

आइतबार, ०८ साउन २०७९, १६ : ०७ मा प्रकाशित

ब्रेक भयो २९८४ बाट बजार खसेपछि बनेको डाउन ट्रेन्ड, देखियो शार्प एकुमुलेसन

नेप्से परिसूचक २०५० को बिन्दुलाई ब्रेक गर्दै माथितिर लागेपछि करिब ६ महिनाअघिदेखि बनेको डाउन ट्रेन्ड ब्रेक भएको छ। करिब ६ महिनाअघि नेप्से परिसूचक २९८४ को बिन्दुबाट तलतिर खस्दै १८०७ को बिन्दुसम्म आईपुग्दा बनेको डाउन ट्रेन्ड ब्रेक हुनुले धेरै महत्वपूर्ण अर्थ राख्दछ। मौद्रिक नीतिपछिको पहिलो कारोबारमा नेप्से परिसूचक ६१ अंकले बढ्दा कारोबार रकम समेत एभरेजभन्दा बढी आउनुले लगानीकर्ताहरुले मौद्रिक नीतिलाई सकारात्मक रुपमा लिएको संदेश प्रवाह गरेको छ।  

बजार ५० दिनको मुभिङ्ग एभरेजभन्दा माथि

२४ फेब्रुअरी २०२२ का दिन नेप्से परिसूचक २७२० भन्दा तलतिर लग्न थालेपछि बजार ५० दिनको मुभिङ्ग एभरेजभन्दा तलतिर लागेको थियो। त्यसपछि बजार खस्ने क्रममा यसअघिको स्विंगमा नेप्से परिसूचक २१२० भन्दा माथि लागेपछि ५० दिनको मुभिङ्ग एभरेजभन्दा बजार माथितिर जाने प्रयास गरेको थियो तर सोहि दिन बजार २१४७ को बिन्दुसम्म पुगेर त्यहाँबाट खसेर बजार २०९८ को बिन्दुमा क्लोज भएपछी बजार फेरी तलतिरै खस्यो। तर आईतबार भने २०३० को बिन्दुमा रहेको मुभिङ्ग एभरेज लाईनलाई क्रस गर्दै माथितिर क्यान्डल बनेपछि करिब ५ महिनापछि बजार ५० दिनको मुभिङ्ग एभरेजभन्दा माथि लागेको हो।  

पछिल्ला ५० दिनको क्लोजिंगको औसत निकालेर ५० दिनको मुभिङ्ग एभरेज निकाल्ने गरिन्छ। ५० दिनको मुभिङ्ग एभरेज भन्दा माथि क्यान्डलहरु बन्नुले बजार मिड टर्ममा बुलिश बनेको संकेत गर्दछ।  

देखियो शार्प एकुमुलेसन 

नेप्सेको डेली चार्टमा शार्प एकुमुलेसन देखिएको छ। नेप्सेको डेली चार्टमा एकुमुलेसन /डिस्ट्रिब्युसन इण्डिकेटर लगाएर हेर्दा निकै राम्रो एकुमुलेसन देखिएको छ। यसअघि नेप्से परिसूचक २०५० भन्दा तल लाग्दा शार्प डिस्ट्रिब्युसन आएको थियो। तर आज फेरी शार्प एकुमुलेसन देखिएको छ। यसले खुद्रा लगानीकर्ताहरुले बेच्दै गर्दा ठूला लगानीकर्ताहरुले किनिरहेका छन् भन्ने संकेत गर्दछ।

अन्य इन्डिकेटरहरु सकारात्मक 

आज बजार ६१ अंकले बढ्दा आरएसआई, एमएसीडि, स्टोक्यास्टिक आरएसआई लगाएतका इण्डिकेटरहरुले सकारात्मक संकेत गरेका छन्। नेप्सेको डेली चार्टमा आरएसआई ४९ बाट ५७ को लेभलमा पुगेको छ। त्यस्तै एमएसीडिको हिस्टोग्राम पनि सकारात्मक देखिएको छ। बजार बुलिंगर ब्याण्डको अपर ब्याण्डलाई टेस्ट गर्ने तरखरमा छ जुन २१०० को बिन्दुमा छ। यदि अपर ब्याण्डलाई बेन्ड गरेर माथितिर क्यान्डल बन्न थाल्यो भने बजारमा उछाल आउने सम्भावना रहन्छ।  

अब के ध्यान दिने ?

बजारले डाउन ट्रेन्ड ब्रेक गरिसकेपछि अब माथितिर नै जाने सम्भावना प्रबल हुन्छ। ५० दिनको मुभिङ्ग एभरेजभन्दा माथि बजार रहुन्जेल बजार मिड टर्ममा बुलिश रहेको मान्नुपर्ने हुन्छ। बजारले १९०५ को बिन्दुमा हाइयर लो बनाएको थियो। अब माथितिर जाँदा पहिलो रेसिस्टेन्स २१४८ को बिन्दु र त्यो क्रस गरेर माथि जाँदा २२५० को बिन्दु अर्को रेसिस्टेन्स हुन सक्ने सम्भावना रहेको देखिन्छ। 

62dd1e64af060.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको