Like us!
Follow us!
Connect us!
Watch us!

सुरू भयो मोरू वालेटको स्मार्ट क्यूआर मर्चेन्ट पेमेन्ट सेवा

अर्थ संसार

मंगलबार, १० साउन २०७९, १६ : १६ मा प्रकाशित

सुरू भयो मोरू वालेटको स्मार्ट क्यूआर मर्चेन्ट पेमेन्ट सेवा

मोरू डिजिटल वालेट मार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालनमा आएको छ । हालै पे नेप प्राइभेट लिमिटेड (मोरू) ले स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग सम्झौता गरी मोरू डिजिटल वालेट एप मार्फत ‘स्मार्ट क्यूआर’ सेवा सुरू गरेको हो ।

यससँगै मोरू एप प्रयोगकर्ताले देशभरका एक लाख साठी हजारभन्दा बढी मर्चेन्टमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । साथै मोरू वालेट प्रयोगकर्ताले हाल बीग मार्टमा किनमेल गर्दा मोरू वालेट मार्फत ‘स्मार्ट क्यूआर’ प्रयोग गरि भुक्तानी गरेमा १५% वा ३०० सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

यसैगरी भविष्यमा स्मार्ट क्यूआर भुक्तानीमा मोरू प्रयोगकर्ताले धेरै आकर्षक अफरहरू पनि प्राप्त गर्न सक्ने जानकारी सार्वजनिक गर्ने  समेत स्मार्ट क्यूआर नेटवर्क सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज् र मोरूले संयुक्त रूपमा जानकारी दिएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको