Like us!
Follow us!
Connect us!
Watch us!

स्माटच्वाईस टेक्नोलोजिज र शुलभ पेबीच सम्झौता

अर्थ संसार

विहीबार, १५ मंसिर २०७९, १२ : ५५ मा प्रकाशित

स्माटच्वाईस टेक्नोलोजिज र शुलभ पेबीच सम्झौता

स्माटच्वाईस टेक्नोलोजिज र शुलभ पेबीच सम्झौता नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) र शुलभ पे (एन क्याश वालेट) बीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ ।

राजधानी काठमाडौंमा बुधबार आयोजित एक विशेष कार्यक्रमकाबीच स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र शुलभ पेका तर्फबाट प्रबन्ध निर्देशक सतिश पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरी सम्झौता आदानप्रदान गरे ।

विगत २० वर्षदेखि कार्डलगायत भुक्तानीका विभिन्न सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र नेपाली वालेट प्रयोगकर्ता माझ लोकप्रिय शुलभ पे (एन क्याश वालेट) बीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।

यस सम्झौता पछि शुलभ पे (एन क्याश वालेट) प्रयोगकर्ताले शुलभ पे वालेट मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन् भने शुलभ पे मार्फत विभिन्न व्यापार-व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिनलाई स्माट क्यूआरको सुविधा लिन सक्नेछन् ।

इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्वीच मार्फत कारोबारको भुक्क्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको