Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवाद्वारा एससीटी–युपीआई डेबिट कार्ड जारी

अर्थ संसार

शुक्रबार, ०१ पुस २०७९, १७ : ५६ मा प्रकाशित

कामना सेवाद्वारा एससीटी–युपीआई डेबिट कार्ड जारी

कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा पर्याउने उद्देश्यका साथ एससीटी–युपीआई डेबिट कार्ड (SCT-UPI Debit Card) सेवा शुभारम्भ गरेको छ । बैंकले मिति २०७९ साल पौस ०१ गते शुक्रबारबाट औपचारिक रुपमा एससीटी–युपीआई डेबिट कार्ड (SCT-UPI Debit Card) सेवा सुचारु गरेको छ ।

बैंकका नायव महा प्रबन्धक लाल बहादुर थिङ्ग र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले संयुक्त रुपमा एससीटी–युपीआई डेबिट कार्ड सेवाको अनावरण गरि सेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत बिकाश ढुङ्गाना लगायत बैंकका अन्य कर्मचारीहरु तथा संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

यस पश्चात स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेड बीच एससीटी–युपीआई डेबिट कार्ड प्रयोगको क्षेत्रमा सहकार्य भएको छ । बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ । साथै, SCT सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र ATM, PoSk जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुने बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको