Like us!
Follow us!
Connect us!
Watch us!

सार्वजनिक यातायातमा अब कार्डबाटै भाडा

पत्रपत्रिका

बुधबार, ११ साउन २०७९, ०६ : ३४ मा प्रकाशित

सार्वजनिक यातायातमा अब कार्डबाटै भाडा

सार्वजनिक यातायातमा नगदरहित अर्थात् अब कार्डबाट भुक्तानी दिन मिल्ने भएको छ । सरकारले विकसित देशमा जस्तै संघीय राजधानी काठमाडौं उपत्यकामा पनि कार्डबाटै भाडा दिने मिल्नेगरी व्यवस्था तयारी गरेको हो ।

बाग्मती प्रदेशअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीसाधनमा नगदरहित भुक्तानी प्रणाली लागू हुनेछ । मन्त्रालयले विकसित मुलुकमा जस्तै यात्रा गरेको दूरीअनुसार कार्डबाटै भाडा भुक्तानी गर्ने प्रणाली लागू गर्ने तयारी गरिरहेको जनाएको छ ।

मन्त्रालयले कार्डरहित नगदप्रणालीका लागि उपकरण जडान तथा प्रणाली सञ्चालनका लागि सिलबन्दी प्रस्तावसमेत गरिसकेको छ ।

प्रत्येक सार्वजनिक गाडीमा ‘डिभाइस’ जडान र सोही ‘डिभाइस’मा यात्रुले कार्ड ‘स्वाइप’ गरेर भाडा भुक्तानी गर्न मिल्ने व्यवस्था गर्ने तयारी छ । यसका लागि प्रदेश सरकारले सुरु चरणमा काठमाडौं उपत्यकामा यो व्यवस्था लागू गर्ने तयारी गरेको छ । राजधानी दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको