Like us!
Follow us!
Connect us!
Watch us!

भर्खरै आईपीओ ल्याएको अपर हेवाखोला हाइड्रोपावरको सेयर रजिष्ट्रार चयन

अर्थ संसार

बुधबार, ११ साउन २०७९, ०७ : ३५ मा प्रकाशित

भर्खरै आईपीओ ल्याएको अपर हेवाखोला हाइड्रोपावरको सेयर रजिष्ट्रार चयन

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि एनएमबि क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्ती गरेको हो ।

अब उप्रान्त कम्पनीको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू एनएमबि क्यापिटल लिमिटेड मार्फत हुनेछ । कम्पनीले असार २४ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको