हालै आईपीओ जारी गरेको अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफा बढेको छ ।
उक्त विवरण अनुसार पहिलो त्रैमाससम्ममा कम्पनीले ३ करोड ६८ लाख २० हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले अघिल्लो आर्थिक बर्षको अन्तिम त्रैमाससम्ममा २ करोड ४१ लाख ३७ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीले ७ करोड ७६ लाख ३३ हजार रुपैयाँ बिजुली बेचेर कमाएको छ । गत बर्षको अन्तिम त्रैमाससम्ममा कम्पनीले ५ करोड ४८ लाख ९६ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
यस्तै, कम्पनीको चुक्ता पूँजी ५० करोड रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भको आकार ३ करोड ९२ लाख ३४ हजार रुपैयाँ रहेको छ । पहिलो त्रैमासम्ममा कम्पनीको बार्षिक प्रतिसेयर आम्दानी २९ रुपैयाँ ४५ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ८४ पैसा पुगेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस