Like us!
Follow us!
Connect us!
Watch us!

अपर हेवाखोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

मंगलबार, २८ असार २०७९, ०६ : ०४ मा प्रकाशित

अपर हेवाखोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ । कम्पनीले यस अघि नै आयोजना प्रभावितहरुका लागि आईपीओ बिक्रि गरी बाँडफाँड समेत गरिसकेको छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी १३ लाख ९५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

 कति दिने आवेदन ?

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।  

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

रेटिङ कति ?

इक्रा नेपालले आईपीओ कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

को हो बिक्री प्रबन्धक ?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको