Like us!
Follow us!
Connect us!
Watch us!

सुविधायुक्त स्मार्ट ललितपुर बस टर्मिनलकाे आवश्यकता

इ. दिनेश राजभण्डारी

अर्थ संसार

बुधबार, ११ साउन २०७९, १२ : २० मा प्रकाशित

सुविधायुक्त स्मार्ट ललितपुर बस टर्मिनलकाे आवश्यकता

काठमाडौँ उपत्यकामा हालसम्म एउटै मात्र बसपार्क गंगबु बसपार्क छ जहाँबाट काठमाडौँ उपत्यका बाहिर जाने लामो दूरीको रात्रीकालिन सार्वजनिक यातायातहरु सञ्चालनमा छन् । साथै केही ठाउँहरुको दिवा बस सेवाहरु पनि सञ्चालनमा छन् । विविध निजी व्यवसायीक सेवा समितिहरुबाट सार्वजनिक यातायात सेवाका लागि जुन भूमिका अमूल्य मान्नु पर्दछ  ।

यस बसपार्क बाहेक अरु स-साना बस पार्कहरु जस्तै रत्नपार्कको पूर्व जाने दिवा सेवाको भाडाका निजी यातायात अरनिको यातायात समितिबाट सञ्चालित सेवा पनि पार्किंग एरियाको कमी तथा यात्रुहरुलाई खासै व्यवस्थित सुविधायुक्त नभएको सबैलाई बिदितै होला ।

अनि अन्य लामो दुरीका बढीमा १२/१४ यात्रु क्षमताका भाडका निजी सार्वजनिक बस (माइक्रो बस, सुमो बस ) सेवाहरु विशेष त बनेपा सिन्धुली बि. पि. लोकमार्ग, ललितपुर को कान्तिपथ हेटौडा जाने, फपिंगको बाटो भै हेटौडा जाने सवारीका साधनहरु व्यवस्थित बस टर्मिनलको अभावमा विभिन्न सडकहरुको लेन जस्तै कोटेश्वर, बल्खु आदि ठाउँहरुबाट सञ्चालन गर्नु पर्ने बाध्यात्मक परिस्थिति तर्फ सम्बन्धित निकायहरु (शहरी विकास तथा व्यवस्थापन सँग ) को ध्यान अब पनि केन्द्रित नहुने तथा प्राथमिकतामा नराख्ने हो भने काठमाडौंको सार्वजनिक यातायात सुविधा झन झन अब्यबस्थित भएर जाने महसुस गर्दछ।

समाधानको उपायहरु :

१. लगनखेल स्थित अस्थाई बस पार्क तत्काल स्थानान्तर गरी ऐतिहासिक मन्दिर (मच्छिन्द्र नाथ कि आमाको मन्दिरको पौराणिक रुप दिने कलात्मक डिजाइन) को Renovation गरी वरिपरि खाली गरिनुपर्ने,

२. सार्बजनिक यातायातको समयमै गन्तव्यमा पुग्ने ग्यारेन्टी को व्यवस्था गर्नुपर्ने : यस बाट निजी सवारीचालक पनि सार्वजनिक यातायात प्रयोग गर्न आकर्षित हुने अनि सवारी साधनको छाप घट्ने,

३. भै रहेका सार्वजनिक निजी यातायात समितिहरुसँग सहकार्य तथा सुधारात्मक दिगो व्यवस्थापन,

४. बस स्टेण्डमा डिजिटल डिस्प्ले विभिन्न रुटका सार्वजनिक यातायातहरुको राखी यात्रुलाई सुसूचित गरी गन्तब्य मा समयमै पुग्ने विश्वास दिन सकिने,

५. कुनै रुटमा ट्राफिक जाम छ भने सोको पनि जानकारी डिजिटल डिस्प्लेमा दिने प्रत्यक बस स्टेण्डमा,

६. सदुपयोक नहुने डी डि सी को सरकारी जग्गा तथा Downtown Apartment को उत्तरको जग्गा नेपाल सरकारले SMART (Specific, Measurable, Achievable, Responsible, Time bound) निर्णय गरेर ललितपुर बस टेर्मिनल को लागि सहयोग तथा इच्छाशक्तिको अपेक्षा गर्दछौं हामी सम्पूर्ण तर उक्त बस टर्मिनलमा गंगबुमा जस्तै कुनै होटल, लजहरू नराख्ने शर्तमा,

७. ल पु म न पा तथा सम्पदा महाशाखाले लगनखेल स्थित बन्ध्य माँ को मन्दिर को ऐतिहासिक संरक्षणको लागि पौराणिक स्वरुप आउने गरी Architectural Design तथा 3D model छिट्टै तयार गर्ने गराउने व्यवस्था तथा स्मार्ट ल पु बस टर्मिनलको design तथा इस्टिमेट पनि छिट्टै तयार गरी सामाजिक आर्थिक विकासको विश्लेषणसहितको विस्तृत प्रस्ताव यसै आर्थिक वर्ष २०७९/८० भित्र तयार गरी website मा राख्ने लक्ष्य राख्न समेत सुझाव दिन चाहन्छु ।

(उल्लेखित कुरा लेखकका निजी विचार हुन् ।)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको