Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार पुन: उकालो यात्रामै, फाइनान्समा बढ्याे लगानीकर्ताको आकर्षण

नेप्से

बुधबार, ११ साउन २०७९, १५ : ०३ मा प्रकाशित

सेयर बजार पुन: उकालो यात्रामै, फाइनान्समा बढ्याे लगानीकर्ताको आकर्षण

आज (बुधबार) फेरि सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । लगातार बढिरहेकाे बजारमा हिजाे मंगलबार भने करेक्सन देखिएकाे थियाे । दाेहाेराे अंकले बढेकाे बजारमा फाइनान्स कम्पनी र हाइड्राेपावरमा लगानीकर्ताको आकर्षण देखिएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक २३.८३ अंकले बढेर २१११.९९ विन्दुमा पुगेकाे छ । नेप्से १.१४ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ४.५३ अंकले बढेर ४०२.९२ विन्दुमा पुगेकाे छ । 

कूल २२७ वटा कम्पनीकाे ७५ लाख ८ हजार एक सय ८८ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब १६ करोड १४ लाख ५५ हजार एक सय ४२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज व्यापार बाहेक सबै उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै फाइनान्स समूह बढेकाे छ ।

बुधबार शिवम् कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १७ कराेड ९४ लाख ११ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज ३ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । जानकी फाइनान्स, युनाइटेड माेदी हाइड्राेपावर र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । यस्तै, नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडकाे पनि सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे छ ।

यस दिन कुमारी धनवृद्धि याेजनामा नकारात्मक सर्किट लागेकाे छ । उक्त फण्डकाे मूल्य १० प्रतिशतले घटेर ९ रूपैयाँमा झरेकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको