Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकको खुद नाफा २ अर्ब ५४ करोड, ६४ प्रतिशतले बढ्यो वितरणयोग्य मुनाफा

अर्थ संसार

विहीबार, १२ साउन २०७९, ०६ : ०१ मा प्रकाशित

एभरेष्ट बैंकको खुद नाफा २ अर्ब ५४ करोड, ६४ प्रतिशतले बढ्यो वितरणयोग्य मुनाफा

एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको वितरणयोग्य नाफा ब्यापक बढेको छ । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब ५४ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ४३.७७ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ७७ करोड ९ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी पनि ३७.१५ प्रतिशतले बढेर ५ अर्ब ४२ करोड ५९ लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ३ अर्ब ९५ करोड ६३ लाख रूपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि बढेर ३ अर्ब ६३ करोड ९५ लाख रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले २ अर्ब ५४ करोड ८४ लाख रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ८९ करोड ५४ लाख रुपैयाँ रहेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ६४.७२ प्रतिशतले बढि हो ।

त्यस्तै, बैंकको चुक्ता पुँजी ९ अर्ब ४६ करोड ७३ लाख रुपैयाँ र जगेडा कोषमा १२ अर्ब २२ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १९ रुपैयाँ ८२ पैसाबाट बढेर २६ रूपैयाँ ८९ पैसामा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २४० रुपैयाँ ७३ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको