Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको स्यावासी पाएका बोर्ड अध्यक्ष हमालले कस्तो ल्याउलान् नीति तथा कार्यक्रम ?

अर्थ संसार

विहीबार, १२ साउन २०७९, १० : ३५ मा प्रकाशित

लगानीकर्ताको स्यावासी पाएका बोर्ड अध्यक्ष हमालले कस्तो ल्याउलान् नीति तथा कार्यक्रम ?

नेपाल धितोपत्र बोर्डले आज विहिबार आफ्नो चालु आर्थिक बर्षको निती तथा कार्यक्रम सार्वजनिक गर्दैछ । रमेश कुमार हमालले बोर्डको अध्यक्षका रुपमा पहिलो पटक नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछन् । पछिल्लो समयका विभिन्न निर्णयहरुबाट लगानीकर्ताहरुबाट स्यावासी पाएका हमालको कार्यकालमा आउने पहिलो मौद्रिक नीतिलाई लगानीकर्ताहरुले धेरैनै महत्वका साथ हेरिरहेका छन् । 

पछिल्लो समय मर्जरका नाममा कम्पनीहरुको दास्रो बजार कारोबार धेरै समय रोक्का गर्न नहुने धारण राख्दै आएका हमालकै कोर्टमा राष्ट्र बैंकले बल पुर्याएको छ । राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै कारोबार रोक्का सम्बन्धी बैंकको विद्यमान नियमलाई खारेज गर्दै धितोपत्र बोर्डको नियम अनुसार हुने व्यबस्था गरेको छ अब बोर्डले बनाउने नियम अनुसार नै मर्जरका बेला कम्पनीको कारोबार रोक्का हुनेछ त्यसैले पनि लगानीकर्ताहरुले बोर्डको नीति तथा कार्यक्रममा यो बुँदा समावेश हुने अपेक्षा राखेका हुन् । 

त्यस्तै ब्रोकरहरु मार्फत हुने मार्जिनल ट्रेडिङको प्रभावकारी कार्यन्यनलाई समेत नीति तथा कार्यक्रमले समेट्ने लगानीकर्ताहरुको अपेक्षा छ । त्यसका साथै हाल कायम ब्रोकर कमिसनलाई पनि कृहि परिवर्तन गर्ने संकेत बोर्ड अध्यक्ष हमालले यस अघिनै गरिसकेका छन् । 

धितोपत्र बोर्डले आफ्नो ३० औ बार्षिकोत्सवका अवसरमा सार्वजनिक गरेका प्राथमिकता तथा लक्ष्यहरु यस्ता थिएः

- धितोपत्र तथा वस्तु विनिमय बजारको विकास गरी IOSCO को मापदण्ड अनुरूपको बनाउँदै लैजाने

- बोर्डको सूचना प्रविधि, भौतिक पूर्वाधार विकास र जनशक्तिको क्षमता विकास गरी संस्थागत तथा नियमन क्षमता अभिबृद्धि गर्ने र बोर्डको आफ्नै कार्यालय भवनको निर्माण गर्ने

- धितोपत्र बजार तथा वस्तु विनिमय बजारको प्रभावकारी नियमन, सुपरिवेक्षण तथा व्यवस्थापनका लागि आवश्यक काननी संरचनाको विकास तथा सुदृढीकरण गर्ने

- बजार सुपरिवेक्षण व्यवस्थामा सुधार गर्नुका साथै अध्ययन/अनुसन्धान गर्ने,

- बजार सहभागीहरूको व्यवसायिकता तथा स्तर अभिवृद्धि र कार्य क्षेत्र विस्तार गर्ने

- निजीक्षेत्रमा एक आधुनिक तथा प्रतिस्पर्धी स्टक एक्सचेञ्ज र थप धितोपत्र दलाल व्यवसायीहरू तथा धितोपत्र दलाल व्यवसायीको आधिकारिक प्रतिनिधिको व्यवस्था गरी देशभर धितोपत्र खरिद बिक्री सेवाको पहुँच बढाउने,

- प्रदेशस्तरमा धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी जनचेतना अभिवृद्धिसहित समष्टिगत वित्तीय साक्षरता सुदृढ गर्दै जाने 

माधि उल्लेख भएअनुसार समग्रमा बजारको विकास तथा विस्तार गर्न कानुनी सरचनामा सुधार गर्ने संस्थागत तथा नियमन क्षमता सवलीकरण गर्ने, अध्ययन तथा अनुसन्धान र लगानीकर्ता प्रशिक्षणमार्फत् स्वच्छ, प्रतिस्पर्धी एवं विश्वसनीय धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास तथा विस्तार गर्न बोर्डको भावी कार्यदिशा रहेको बोर्डले जनाएकाे  छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको