Like us!
Follow us!
Connect us!
Watch us!

कान्तिपुर, अनलाइनखबरसहितका मिडिया हाउसका गेट अघि कसले राख्यो शंकास्पद गाडी ?

अर्थ संसार

सोमबार, २९ असार २०८३, १३ : १३ मा प्रकाशित

कान्तिपुर, अनलाइनखबरसहितका मिडिया हाउसका गेट अघि कसले राख्यो शंकास्पद गाडी ?

कान्तिपुर पब्लिकेशन, अनलाइन खबर लगायत मिडिया अफिस अगाडि शंकास्पद गाडी पार्किङ गरिएको छ। प्रवेशद्वारमा अवरोध पुग्ने गरी बिहान साढे ७ आसपास दुबै मिडिया हाउसको गेटमा गाडी पार्किङ गरिएको हो। कान्तिपुरको तीनकुनेस्थित कार्यालयको गेटमा पार्क गरिएको गाडीका कारण पत्रकारहरूलाई सवारीसहित आवतजावत गर्न बाधा पुगेको छ।

टेलिभिजनको गाडी भित्र-बाहिर गर्न सकिएको छैन। रिपोर्टिङमा जान पत्रकारहरू रोकिएका छन्। अनलाइनखबरको नयाँबानेश्वरस्थित अफिसको गेट अगाडि पनि गाडी रोकिएको छ। झन्डै गेटको आधा भागसम्म गाडीले ढाकेको छ। त्यसैगरी अनलाइनखबरद्वारा सञ्चालित मध्यबानेश्वरमा रहेको हिमालय टेलिभिजनको गेट अगाडि पनि गाडी रोकिएको छ। तीन वटै गाडी निजी नम्बर प्लेटका छन्। गाडी कसले र किन छाडेर गएको हो भन्ने खुलिसकेको छैन। यी मिडिया हाउसले पनि गाडी कसले किन राखेको भन्नेबारे बुझ्ने प्रयास गरिरहेको छ। त्यस्तै प्रहरीलाई पनि खबर गरेको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले कसले मिडिया हाउसमा गाडी राखेर हिँड्यो भन्नेबारेमा खोजी भइरहेको जानकारी दिएका छन् । अहिले प्रहरीले कान्तिपुरमा रहेको गाडीमा ह्विललक लगाएको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको