Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य बैंकहरुमा गैरबैंकिङ सम्पत्ति ४६ अर्ब माथि, कुन बैंकमा कति ?

अर्थ संसार

सोमबार, २९ असार २०८३, ११ : २६ मा प्रकाशित

वाणिज्य बैंकहरुमा गैरबैंकिङ सम्पत्ति  ४६ अर्ब माथि, कुन बैंकमा कति ?

वाणिज्य बैंकहरुमा गैरबैंकिङ सम्पत्ति थुप्रिने क्रम बढेको छ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२ /८३ को ११ महिनासम्मको तथ्यांकअनुसार १९ वाणिज्य बैंक (स्ट्यान्डर्ड चार्टर्डबाहेक)मा ४६ अर्ब ८ करोड ७८ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको हो।

अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म बैंकहरुमा ३८ अर्ब ७९ करोड ११ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा वाणिज्य बैंकहरुमा १८.८१ प्रतिशतले गैरबैंकिङ सम्पत्ति थपिएको छ।  अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा वाणिज्य बैंकहरुमध्ये ७ वटाको गैरबैंकिङ सम्पत्ति घटेको छ भने १२ वटाको बढेको छ।

वाणिज्य बैंकहरुमध्ये प्राइम कमर्सिलय बैंकको गैरबैंकिङ सम्पत्ति सबैभन्दा बढीले बढेको छ। ग्लोबल आइएमई, एनआईसी एसिया, नबिल, कुमारी, माछापुच्छ्रे, एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंकले भने गैरबैंकिङ सम्पत्ति घटाएका छन्। चालु आर्थिक वर्षको जेठसम्म सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति हिमालयन बैंकमा रहेको देखिएको छ। यो बैंकमा ६ अर्ब २३ करोड ८५ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकमा ५ अर्ब ३१ करोड ८९ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको थियो। अघिल्लो वर्षको तुलनामा यस्तो सम्पत्ति १७.२९ प्रतिशतले बढेको छ।

सबैभन्दा कम गैरबैंकिङ सम्पत्ति नेपाल बैंकमा रहेको देखिएको छ। समीक्षा अवधिसम्म यो बैंकमा २३ करोड ३६ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ। अघिल्लो वर्षको तुलनामा नेपाल बैंकमा गैरबैंकिङ सम्पत्ति १४.४७ प्रतिशतले बढेको छ।

कुन बैंकको कति ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको