जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार रायले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारण देखाई दिएको राजीनामालाई संस्थाको २०८३ असार २७ गते बसेको संचालक समितिको २४६ औं बैठकले आगामी २०८३ साउन १ गतेदेखि लागु हुने गरी स्वीकृत गरेको हो ।
साथै, सोही बैठकले साउन १ गतेकै मितिदेखि लागु हुने गरी संस्थाका विभागीय प्रमुख इन्द्र बरालीलाई निमित्त प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिवको जिम्मेवारी दिने निर्णयसमेत गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस