Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ खुल्दै, कति गर्ने लगानी ?

अर्थ संसार

विहीबार, १२ साउन २०७९, १२ : ०७ मा प्रकाशित

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ खुल्दै, कति गर्ने लगानी ?

एनएमबि क्यापिटल लिमिटेडले साउन २६ गते, बिहीबारदेखि ‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २’ नामक म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । याे बन्दमुखी योजना हो । 

क्यापिटलले एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १२ करोड इकाईहरु निष्कासन गर्न लागेको हो । जसमध्ये १४ प्रतिशत अर्थात् १ कराेड ६८ लाख इकाई कोष प्रवद्धक एनएमबी बैंक र १ प्रतिशत अर्थात् १२ लाख इकाई याेजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेडलाई छुट्याइएकाे छ । त्यसपछी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री गरिनेछ । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम एक कराेड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

साउन २६ गते, बिहीबार निष्कासन हुने याे फण्डमा लगानीकर्ताले छिटोमा साउन ३१ गतेसम्म र ढिलोमा भदाै ९ गतेसम्म आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

म्युचुअल फण्डबारे अन्य जानकारी यस प्रकारकाे छ :

62e22c4b0aab3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको