Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि क्यापिटलद्वारा विद्यार्थीहरुलाई लगानीसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना

अर्थ संसार

बुधबार, ०२ पुस २०८२, १४ : ४६ मा प्रकाशित

एनएमबि क्यापिटलद्वारा विद्यार्थीहरुलाई लगानीसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना

एनएमबि क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२५ को अवसरमा वित्तीय साक्षरता बढाउने उद्देश्यले विभिन्न विद्यालय र संस्थाका विद्यार्थीहरूका लागि लगानीसम्बन्धी जनचेतनामूलक र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। 

कम्पनीले मंसिर २९ गते एनएमबि बैंक, बट्टार शाखाको सहकार्यमा नुवाकोटको विदुरमा अवस्थित पोष्ट बहादुर बोगटी पोलिटेक्निक इन्सिटच्यूटका विद्यार्थीहरु का लागि अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेको थियो। सोही दिन, काठमाडौँ, टङ्गालस्थित श्री टङ्गाल उच्च माध्यामिक विद्यालय का विद्यार्थीहरुलाई लक्षित गरी पनि समान कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा विशेषतः विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो। नुवाकोटको कार्यक्रम कस्टुमर रिलेशनशिप, कस्टोडियन तथा डिपीका प्रमुख मनिप अधिकारी, पोर्टफोलियो अफिसर राहुल खड्का र पोर्टफोलियो सहायक बिकेश बाडे ले संयुक्त रूपमा सञ्चालन गरेका थिए। त्यस्तै, टङ्गालको कार्यक्रम स्कीम सहायक लचना शाक्य, निवेश गिरी र प्रज्वल विक्रम खड्का ले संयुक्त रूपमा संचालन गरेका थिए।

कार्यक्रमअन्तर्गत सहभागी विद्यार्थीहरुलाई पूँजी बजारका विभिन्न पक्ष, लगानीका गतिविधि र अवसरबारे जानकारी प्रदान गरिएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको