एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेका दुई म्युचुअल फन्डले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेका छन्। क्यापिटलको सञ्चालक समितिको बैठकले एनएमबि–५० र एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२ का इकाइधनीहरूलाई १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।
लाभांश वितरणको लागि भदौ १३ गते बुक क्लोज मिति तोकिएको छ। त्यस अनुसार, भदौ १३ गतेसम्म कायम रहेका इकाइधनीहरूले मात्र लाभांश प्राप्त गर्नेछन्।
यसबाहेक, एनएमबि क्यापिटलले सञ्चालन गर्दै आएको एनएमबि हाइब्रिड फन्ड एल–१ ले भने आर्थिक वर्ष २०८१/८२ मा कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस