Like us!
Follow us!
Connect us!
Watch us!

सिड इनर्जी आईपीओमा जाने, एनएमबि क्यापिटलले परामर्श सेवा प्रदान गर्ने

अर्थ संसार

शुक्रबार, ०१ भदौ २०८०, १५ : ०५ मा प्रकाशित

सिड इनर्जी आईपीओमा जाने, एनएमबि क्यापिटलले परामर्श सेवा प्रदान गर्ने

सिड इनर्जी कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । 

कम्पनीले आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाउँदै एनएमबि क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ । एनएमबि क्यापिटलले सिड इनर्जीलाई आईपीओ निष्कासन गर्न परामर्श सेवा प्रदान गर्ने गरी यी दुई पक्षबीच सम्झौता भएको हो । 

आज भएको एक कार्यक्रममा सिड इनर्जीको तर्फबाट अध्यक्ष पंकज चन्द्र श्रेष्ठ र एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

सिड इनर्जीले आईपीओ निष्कासन गर्ने प्रयाेजनका लागि कर्पोरेट सल्लाहकार सेवाहरू उपलब्ध गराउन एनएमबि क्यापिटलसँग सम्झाैता गरेकाे हाे । सम्झाैता अनुसार एनएमबि क्यापिटलले सिड इनर्जीलाई आफ्नो विज्ञता र क्षमताका आधारमा आईपीओ जारी गर्ने सम्बन्धमा परामर्श सेवा प्रदान गर्नेछ ।

यो सम्झौतासँगै एनएमबि क्यापिटलले सिड इनर्जीलाई आईपीओ जारी गर्न आवश्यक पूर्वतयारीका लागि सघाउनेछ । पूर्वतयारीको काम सकिएपछि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को स्वीकृतिपछि मात्रै सिड इनर्जीले आईपीओ जारी गर्नेछ । 

सिड इनर्जीकाे गत पाैष २८ गते गते सम्पन्न भएकाे प्रथम वार्षिक साधारण सभाले पनि सर्वसाधारणलाई प्राथमिक सेयर जारी गर्ने प्रकृया थालनी गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेकाे थियाे । सिड इनर्जीले हाइड्राेपावर, हाेटल, इन्फ्रास्ट्रक्चर, उत्पादन तथा प्रषाेधन लगायतका सेक्टरमा लगानी गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको