Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताले एउटै कम्पनीबाट एक सातामै कमाए ४० प्रतिशत बढी नाफा, कुनकाे कति बढ्याे ?

नेप्से

शुक्रबार, १३ साउन २०७९, १३ : ३७ मा प्रकाशित

लगानीकर्ताले एउटै कम्पनीबाट एक सातामै कमाए ४० प्रतिशत बढी नाफा, कुनकाे कति बढ्याे ?

यस साता नेप्से परिसूचक १२२.९३ अंकले बढेर २१४०.३९ विन्दुमा रोकिएको छ ।  माैद्रिक नीतिले लगानीकर्ताहरूकाे मनाेबल बढाउँदा नेप्सेमा सकारात्मक उछाल देखिएकाे छ । 

यस साता सबैभन्दा धेरै नाफा कमाउने १० वटा कम्पनीहरूमा ५ वटा फाइनान्स कम्पनीहरू रहेका छन् । सर्वाधिक नाफा कमाउनेकाे सूचीमा मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ता अग्र स्थानमा छन् । साताभरमा कम्पनीकाे सेयरमूल्य ४०.६४ प्रतिशतले बढेर प्रतिकित्ता ३ सय ५३ रूपैयाँमा पुगी बन्द भएकाे छ ।

यस्तै, समृद्धि फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ता धेरै नाफा कमाउने कम्पनीहरूकाे दाेश्राे सूचीमा छन् । एक सातामा कम्पनीकाे सेयरमूल्य ४० प्रतिशतले बढेर ३ सय १५ रूपैयाँ पुगेकाे छ ।

युनाइटेड माेदी हाइड्राेपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरू सर्वाधिक नाफा कमाउनेकाे तेश्राे नम्बरमा छन् । कम्पनीकाे सेयरमूल्य ३८.६७ प्रतिशतले बढेर ३ सय १२ रूपैयाँ पुगेकाे छ । 

सर्वाधिक नाफा कमाउने अन्य कम्पनीहरूमा क्रमश : राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, गाेर्खाज फाइनान्स कम्पनी लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेड, सप्तकाेशी डेभलपमेन्ट बैंक लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडका लगानीकर्ताहरू रहेका छन् ।

कुनकाे कति बढ्याे ?

62e3956463329.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको