Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरी हिल्स : पर्यटकका लागी ‘रिफ्रेसमेन्ट’ काे उत्कृष्ट गन्तव्य !

अर्थ संसार

आइतबार, १५ साउन २०७९, १५ : ५८ मा प्रकाशित

चन्द्रागिरी हिल्स : पर्यटकका लागी ‘रिफ्रेसमेन्ट’ काे उत्कृष्ट गन्तव्य !

पछिल्लो समय नेपालको पर्यटन प्रवद्धनमा निजी क्षेत्रले लगानीको भूमिका उच्च छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न नेपालमा निजी क्षेत्रबाट उल्लेख्य प्रयासहरू भइरहेका छन् । ऐतिहासिक तथा साहसिक पर्यटनको लागि गन्तव्यको रूपमा उडाएको छ चन्द्रागिरी हिल्स र केबलकार यात्रा । 

२०७३ श्रावण २६ गतेबाट सुरु भएको चन्द्रागिरि केवलकारको उद्घाटन तत्कालिन प्रधानमन्त्रीले पुष्पकमल दाहालले गरेका थिए। सञ्चालन भएको ५ वर्षको अवधिमा चन्द्रागिरी काठमाण्डाैँबासीको लागि पर्यटकीय गन्तव्य नै बनेको छ।

अस्ट्रियन कम्पनी ‘Doppelmayr’ ले केबलकारको निर्माण गरेको थियो । यस कम्पनीले विश्वभरका विभिन्न ठूला ठूला परियोजनाहरू सम्पन्न गरेको छ । २५०० मिटरको उचाइमा रहेको छ।  २.५ किलोमिटर दुरी रहेको यस केबलकारमा यात्रा गर्न ९ मिनेट समय अवधि लाग्छ र दुई तर्फी यात्राको मूल्य ७९९ रहेको छ भने विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई सहुलियत छुट प्रदान गरेको छ। 

सञ्चालनको ५ वर्षको अवधिमा चन्द्रागिरी हिल्सले आफूलाई पर्यटकीय गन्तव्यको रूपमा स्थापित गरेको छ, अहिले उपत्यकाबासीहरु बिदा मनाउन जाने गन्तव्यहरुबीच चन्द्रागिरी उनीहरूको छनोट बनेको एक स्थानीय बताउछन साथै विद्यार्थी तथा युवाहरुमा चन्द्रागिरी बारे छुट्टै अकर्षण बनेको छ । पछिल्लो समय हिउँ पर्दा चन्द्रागिरी जाने पर्यटकहरूको लर्कोनै लाग्ने गर्दछ। 

दैनिक दस हजार पर्यटक चन्द्रागिरी भित्र्याउने उद्देश्ये सञ्चालन गरिएको चन्द्रागिरीमा ३८ क्याबिन रहेका छन् र प्रति क्याबिनमा ८ जना व्यक्तिले एक पटकमा यात्रा गर्न सक्छन् र क्याबिनको सञ्चालन नियमित रूपमा विद्युतबाट हुन्छ भने व्यापकको लागि जेनेरेटर रहेको छ जुन बिहान ८ बजे बाट साँझ ५ बजे सम्म सञ्चालन हुन्छ । 

भारतको राजधानी नयाँ दिल्ली आयोजित १४ औं वार्षिक अन्तराष्ट्रिय हस्पिटालिटि तथा ट्राभल अवार्डमा उत्कृष्ठ पर्यटकीय गन्तव्यको अवार्डले सम्मानित चन्द्रागिरी हिल्समा दैनिक रूपमा हजारौंको संख्यामा पर्यटकहरू भ्रमण गरिरहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको