Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु र सेन्चुरी कमर्सियल बैंक मर्जरमा जाने, सेयर कारोबार रोक्का

अर्थ संसार

सोमबार, १६ साउन २०७९, ०५ : ४६ मा प्रकाशित

प्रभु र सेन्चुरी कमर्सियल बैंक मर्जरमा जाने, सेयर कारोबार रोक्का

प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंक मर्जरमा जाने भएका छन् । मर्जर सम्झौतामा आइतबार बेलुका हस्ताक्षर भएसंगै दुवै कम्पनीको सेयर कारोबार रोक्का हुने भएको छ ।

सेन्चुरी कमर्सियल नेप्सलाई पत्र लेख्दै मर्जरका लागि प्रारम्भिक सम्झौता पत्र (एमओयू) मा हस्ताक्षर भइसकेकाले दुबै बैंकको सेयर कारोबार रोक्का राखिदिन आग्रह गरेको हाे ।

श्रोतका अनुसार प्रारम्भिक रुपमा दुवै बैंकबीच १ः१ को अनुपातमा मर्जरको लागि सहमति जुटेको हो तर स्वाप रेसियोको अन्तिम निर्णय भने डिडिए पछि मात्र हुने छ । सम्झौता अनुसार प्रभु बैंकका अहिलेका सिइओ अशोक शेरचन नयाँ बन्ने बैंकको सिइओ बन्ने छन्। संचालक समितिमा ४ जना प्रभु बैंकबाट र तीन जना सेञ्चुरी बैंकबाट हुने छन।

स्रोतका अनुसार मर्जर पछि बन्ने बैंकको नाम प्रभु बैंक नै रहने छ भने पुसभित्र एकीकृत कारोबार सुरु गर्ने लक्ष्य छ । चुक्ता पुँजी २२ अर्ब २६ करोडभन्दा बढी हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको