Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई पे एपको टप–अपमा नयाँ क्यासब्याक अफर अद्यावधिक

अर्थ संसार

सोमबार, १६ साउन २०७९, १३ : ०१ मा प्रकाशित

आइएमई पे एपको टप–अपमा नयाँ क्यासब्याक अफर अद्यावधिक

आइएमई ग्रुपद्वारा सञ्चालित “आइएमई डिजिटल सोलुसन लिमिटेड” को “आइएमई पे” ले मोबाईल रिचार्जमा नयाँ अफर अध्यावधिक गरिएको छ । डिजिटल भुक्तानीको लागि मुख्य रोजाईमा पर्दै आएको आइएमई पे एपले दैनिक उपभोग्य सेवाहरूको भुक्तानीको साथै अन्य सम्पूर्ण किसिमको भुक्तानी तथा पैसाको लेनदेन सरल बनाउँदै आएको छ । यसै सेवामा थप प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ आइएमई पेले मोबाईल रिचार्जमा थप २% क्यासब्याकको अफर ल्याएको छ ।

आइएमई पे एपमा दर्ता भएको आफ्नै मोबाईल नम्बरमा टप–अप गर्दा ५% क्यासब्याक पाउने सुविधा थियो । यस अफरको साथ अब सेवाग्राहीहरुले आइएमई पे एपबाट कुनै पनि मोबाईल नम्बरमा टप–अप गर्दा २% क्यासब्याक पनि पाइनेछ ।

यस क्यासब्याक अफरलाई अझ रमणिय बनाउन कम्पनीले एक जना भाग्यशाली बिजेतालाई यस अभियानको पहिलो महिनामा “वान प्लस टेन प्रो” स्मार्टफोन पनि उपलब्ध गराउने बताएका छन् । सोको निम्ती सेवाग्राहीले महिना भरी कम्तीमा रू. ५० को १० टप–अप गर्नु पर्ने नियम तथा सर्त कम्पनीले प्रस्टाएका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको