Like us!
Follow us!
Connect us!
Watch us!

मन्दाकिनी हाइड्रोपावरको आईपीओ मंगलबार बाँडफाँड हुने, सेयर पाउन भाग्यकै भर

अर्थ संसार

सोमबार, १६ साउन २०७९, १६ : ३६ मा प्रकाशित

मन्दाकिनी हाइड्रोपावरको आईपीओ मंगलबार बाँडफाँड हुने, सेयर पाउन भाग्यकै भर

मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले साउन ९ गते, साेमबारदेखि साउन १२ गते, बिहीबारसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) काे बाँडफाँड भाेलि (साउन १७ गते, मंगलबार) हुने भएकाे छ । 

उक्त आईपीओकाे बाँडफाँड भाेलि दिउँसाे ४ बजे, निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेडकाे कार्यालय, नक्साल, काठमाडाैँमा हुनेछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ करोड ७६ लाख ७३ हजार रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ५८ हजार ८०३ सेयर सामूहिक लगानी कोषका लागि र बाँकी १० लाख ९३ हजार ७४९ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

अन्तिम दिनसम्म कम्पनीकाे आईपीओमा १६ लाख १० हजार ९ सय २६ जना लगानीकर्ताहरूले १ अर्ब ८० करोड ८१ लाख १८ हजार रुपैयाँ बराबरको १ करोड ८० लाख ८१ हजार एक सय ८० कित्ताका लागि आवेदन दिएका थिए । उक्त संख्या सर्वसाधारणकाे लागि छुट्याइएकाे भन्दा १६.५३ गुणा धेरै हाे ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको