Like us!
Follow us!
Connect us!
Watch us!

मन्दाकिनी हाइड्रोको आईपीओ बाँडफाँड : लक्की नम्बर ४ र ७

अर्थ संसार

मंगलबार, १७ साउन २०७९, १६ : १९ मा प्रकाशित

मन्दाकिनी हाइड्रोको आईपीओ बाँडफाँड : लक्की नम्बर ४ र ७

मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँड भएकाे छ ।  उक्त आईपीओको बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेडकाे कार्यालय, नक्साल, काठमाडाैँमा अहिले दिउँसो ४ बजे सम्पन्न भएकाे हाे । गोलाप्रथाबाट बाँडफाँड भएको सेयरमा लक्की नम्बर ४ र ७ रहेको छ । ४ र ७ नम्बरलाई नै आधार बनाएर बाँडफाँड गरिएकाे छ । १० कित्ता सेयर प्राप्त गर्नेहरूकाे लक्की नम्बर ४ र अड लटकाे ११ कित्ता सेयर प्राप्त गर्नेहरूकाे लक्की नम्बर ७ निस्किएकाे हाे ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा वितरण गरिएकाे थियाे । गोलाप्रथाबाट वितरण गर्दा भाग्यमानी १ लाख ९ हजार ३ सय ७४ जना लगानीकर्ताहरूले सेयर हात पारेका छन् । जसमध्ये ९ जना लगानीकर्ताहरूले ११ कित्ता र बाँकी लगानीकर्ताहरूले १० कित्ता पाएका हुन् ।  

मन्दाकिनी हाइड्रोको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने रिजल्ट ?

अन्तिम दिनसम्म कम्पनीकाे आईपीओमा १५ लाख ४७ हजार ९ सय ४९ जना लगानीकर्ताहरूले कुल १ करोड ६९ लाख १६ हजार ९ सय ८० कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये १ हजार ६ सय ६५ जनाको आवेदन रद्द भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ करोड ७६ लाख ७३ हजार रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ५८ हजार ८०३ सेयर सामूहिक लगानी कोषका लागि र बाँकी १० लाख ९३ हजार ७४९ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

कसरी हेर्ने रिजल्ट ?

आईपीओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केही समय लाग्ने भएकाले आईपीओको नतिजा हेर्न भने केही समय कुर्नुपर्ने हुन्छ । रिजल्ट सार्वजनिक भएपछि कम्पनीकाे आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे  (https://iporesult.cdsc.com.np/) नामक वेभसाइटबाट, निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेडकाे वेभसाइट, मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडकाे वेभसाइट र  मेराे सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको