Like us!
Follow us!
Connect us!
Watch us!

मन्दाकिनी हाइड्रोको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

अर्थ संसार

शुक्रबार, २० साउन २०७९, १४ : १६ मा प्रकाशित

मन्दाकिनी हाइड्रोको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले साउन ९ गते, साेमबारदेखि साउन १२ गते, बिहीबारसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) काे बाँडफाँड साउन १७ गते, मंगलबार नै सम्पन्न भइसकेकाे छ ।

कम्पनीकाे आईपीओ बाँडफाँड भएपछि आईपीओ पर्ने लगानीकर्ताहरूलाई कम्पनीकाे आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासाेकाे विषय बनेकाे छ । त्यसैले यहाँ हामी साेही विषयमा कुरा गर्नेछाैँ ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १०२ रूपैयाँदेखि अधिकतम ३ सय ६ रुपैयाँ ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

कम्पनीकाे आर्थिक वर्ष २०७७/७८ को प्रतिसेयर नेटवर्थ १०२ रूपैयाँ रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ३ सय ६ रुपैयाँ हुन्छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ करोड ७६ लाख ७३ हजार रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ५८ हजार ८०३ सेयर सामूहिक लगानी कोषका लागि र बाँकी १० लाख ९३ हजार ७४९ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा वितरण गरिएकाे थियाे । गोलाप्रथाबाट वितरण गर्दा भाग्यमानी १ लाख ९ हजार ३ सय ७४ जना लगानीकर्ताहरूले सेयर हात पारेका थिए । जसमध्ये ९ जना लगानीकर्ताहरूले ११ कित्ता र बाँकी लगानीकर्ताहरूले १० कित्ता पाएका हुन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको