Like us!
Follow us!
Connect us!
Watch us!

छिमेक लघुवित्तको नाफामा गिरावट, २७ रुपैयाँले घट्यो प्रतिसेयर आम्दानी

अर्थ संसार

मंगलबार, १७ साउन २०७९, ०६ : ०३ मा प्रकाशित

छिमेक लघुवित्तको नाफामा गिरावट, २७ रुपैयाँले घट्यो प्रतिसेयर आम्दानी

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । समिक्षा अवधिमा संस्थाको मुनाफामा गिरावट छ ।  

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले १ अर्ब ३ करोड २२ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २१.४३ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा संस्थाले १ अर्ब ३१ करोड ३८ रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ११.६९ प्रतिशतले बढेर १ अर्ब ४९ करोड ५ लाख २४ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी २ अर्ब २२ करोड ९७ लाख ८६ हजार रूपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा भने १२.५९ प्रतिशतले घटेर १ अर्ब ६० करोड ७८ लाख १९ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले १ अर्ब ८३ करोड ९३ लाख ७३ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ र जगेडा कोषमा ३ अर्ब ५८ करोड ३७ लाख २६ हजार रुपैयाँ सञ्चित रहेको छ जुन अघिल्लो आर्थिक बर्षको तुलनामा करिब १०.५७ प्रतिशतले बढि हो । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ४४ रुपैयाँ ४२ पैसा र प्रतिसेयर नेटवर्थ २५४ रुपैयाँ २ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको