Like us!
Follow us!
Connect us!
Watch us!

अभियान लघुवित्तको आईपीओमा पहिलाे दिन नै पर्याे मागभन्दा धेरै आवेदन, कतिले भरे ?

अर्थ संसार

बुधबार, १८ साउन २०७९, १७ : २९ मा प्रकाशित

अभियान लघुवित्तको आईपीओमा पहिलाे दिन नै पर्याे मागभन्दा धेरै आवेदन, कतिले भरे ?

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (साउन १८ गते, बुधबार) बाट साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ । कम्पनीकाे आईपीओमा पहिलाे दिन नै मागभन्दा धेरै आवेदन परेकाे छ ।

सिडिएसका अनुसार कम्पनीकाे आईपीओमा पहिलाे दिन साँझ ५ बजेसम्म ४ लाख ३८ हजार २ सय ५५ जना लगानीकर्ताहरूले ५१ कराेड २८ लाख ४१ हजार रूपैयाँ बराबरकाे ५१ लाख २८ हजार ४ सय १० कित्ताका लागि  आवेदन दिएका छन् ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता सेयर निष्कासन गरेको हो । कुल कित्ताको ५ प्रतिशतले हुन आउने ४८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने १२ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी ९ लाख १३ हजार ७५० कित्ता सर्वसाधारण आवेदन दिन सक्नेछन् ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको