Like us!
Follow us!
Connect us!
Watch us!

अभियान लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म यसरी पर्याे आवेदन, सेयर पाउन भाग्यकै भर

अर्थ संसार

आइतबार, २२ साउन २०७९, १७ : १६ मा प्रकाशित

अभियान लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म यसरी पर्याे आवेदन, सेयर पाउन भाग्यकै भर

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गते, बुधबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) भर्ने आज (साउन २२ गते, आइतबार) अन्तिम दिन थियाे । 

सिडिएसका अनुसार कम्पनीकाे आईपीओमा आइतबार बेलुका ५:०४ बजेसम्म २० लाख ४३ हजार २० जना लगानीकर्ताहरूले २ अर्ब ३१ कराेड १६ लाख १९ हजार रूपैयाँ बराबरकाे २ कराेड ३१ लाख १६ हजार एक सय ९० कित्ताका लागि आवेदन दिएका छन् ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता सेयर निष्कासन गरेको थियाे । कुल कित्ताको ५ प्रतिशतले हुन आउने ४८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने १२ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ९ लाख १३ हजार ७५० कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे । 

संस्थाकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको