Like us!
Follow us!
Connect us!
Watch us!

१२५ प्रतिशतले बढ्यो कृषि विकास बैंकको वितरणयोग्य मुनाफा

अर्थ संसार

विहीबार, १९ साउन २०७९, ०६ : ०७ मा प्रकाशित

१२५ प्रतिशतले बढ्यो कृषि विकास बैंकको वितरणयोग्य मुनाफा

कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको नाफामा गिरावट आएको छ । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब ३६ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २६.१६ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा बैंकले ३ अर्ब २० करोड रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी भने १३.३० प्रतिशतले बढेर ७ अर्ब ७७ करोड ९१ लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ६ अर्ब ८६ करोड ५७ लाख रूपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि १८.२५ प्रतिशतले घटेर ४ अर्ब ११ करोड ८१ लाख रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले ५ अर्ब ३ करोड ७३ लाख रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ९० करोड ६९ लाख रुपैयाँ रहेको छ जुन गत बर्षको तुलनामा १२५ प्रतिशतले बढि हो ।

त्यस्तै, बैंकको चुक्ता पुँजी १३ अर्ब १८ करोड ७९ लाख रुपैयाँ र जगेडा कोषमा १५ अर्ब १२ करोड ८९ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएसं) २९ रुपैयाँ १३ पैसाबाट घटेर १७ रूपैयाँ ९३ पैसामा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २१२ रुपैयाँ २५ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको