कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन्। सार्वजनिक संस्थान तथा सरकारी स्वामित्व रहेका निकायमा राजनीतिक नियुक्ति लिएका पदाधिकारीसम्बन्धी सरकारी नीतिपछि उनले आफ्नो जिम्मेवारीबाट अलग हुने निर्णय गरेका हुन्।
अर्थ मन्त्रालय स्रोतका अनुसार पछिल्लो समय सरकारले सार्वजनिक संस्थाहरूमा गरिएका राजनीतिक नियुक्तिको पुनरावलोकन थालेपछि विभिन्न सरकारी निकायमा पदाधिकारीहरूको बहिर्गमन सुरु भएको छ। सोही क्रममा कृषि विकास बैंकका अध्यक्ष पौडेलले पनि पद छाडेका हुन्।
सरकारले हालै सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेशमार्फत विभिन्न नियुक्तिहरूको पुनर्समीक्षा गर्ने नीति अघि बढाएको छ। यद्यपि नेपाल राष्ट्र बैंक तथा सरकारी लगानी भएका बैंकहरूमा उक्त व्यवस्था प्रत्यक्ष रूपमा बाध्यकारी नरहेको बताइए पनि सरकारी नीतिप्रति समर्थन जनाउँदै केही पदाधिकारीले स्वेच्छिक रूपमा राजीनामा दिएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस