Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकले सच्चायो वितरणयोग्य आम्दानी प्रतिसेयरमा भएको त्रुटि

अर्थ संसार

सोमबार, २२ साउन २०८०, १२ : ०६ मा प्रकाशित

कृषि विकास बैंकले सच्चायो वितरणयोग्य आम्दानी प्रतिसेयरमा भएको त्रुटि

कृषि विकास बैंक लिमिटेडले वितरणयोग्य आम्दानी प्रतिसेयरमा भएको त्रुटि सच्च्याएको छ । बैंकले यसअघि सार्वजनिक गरेको आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको वित्तीय विवरण सच्च्याएको हो । 

बैंकले शनिबार (साउन २० गते) सार्वजनिक गरेको वित्तीय विवरणमा वितरणयोग्य आम्दानी प्रतिसेयर १९ रूपैयाँ ८९ पैसा रहेको उल्लेख थियो । अघिल्लो वर्ष वितरणयोग्य आम्दानी प्रतिसेयर ३५ रूपैयाँ ६१ पैसा रहेको विवरण सार्वजनिक गरिएको थियो । 

तर अब भने गत आर्थिक वर्षको चौथो त्रैमासमा वितरणयोग्य आम्दानी प्रतिसेयर १४ रूपैयाँ ९२ पैसा र अघिल्लो वर्ष सोही अवधिमा २६ रूपैयाँ ७० पैसा रहेको भनी सच्च्याएको हो।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको