Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकले डाक्यो साधारणसभा : सभा कर्मकाण्डी मात्रै, सेयरधनीको हात रित्तै

अर्थ संसार

मंगलबार, ०८ फागुन २०८०, ०९ : ०८ मा प्रकाशित

कृषि विकास बैंकले डाक्यो साधारणसभा : सभा कर्मकाण्डी मात्रै, सेयरधनीको हात रित्तै

कृषि विकास बैंकले आफ्नो सत्रौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सोमबार (फागुन ७ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही फागुन ३० गते भक्तपुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम केन्द्रमा बिहान ११ बजेबाट गर्ने तय गरेको हो। 

सभा कर्मकाण्डी मात्र हुनेछ। सभामा सेयरधनीलाई न लाभासं छ त कुनै विशेष प्रस्ताव। सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। यसका साथै बैंकका सहायक कम्पनीहरु कोष व्यवस्थापन कम्पनी तथा गोबर ग्याँस कम्पनीको उक्त आर्थिक वर्षको एकीकृत वित्तीय विवरण पनि सभाले स्वीकृत गर्नेछ।

चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक र सेवासर्त तोक्ने प्रस्ताव  सभाले पारित गर्नेछ। 

सभाले प्रबन्धपत्र तथा नियमावलीमा प्रचलित कानुन बमोजिम संशोधन गर्नुपर्ने भएमा वा नियमनकारी नियकाबाट संशोधन गर्न निर्देशन भएमा आवश्यकतानुसार सोमा थपघट, परिमार्जन तथा संशोधनका लागि सञ्चालन समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव राखेको छ ।

बैंकले फागुन १७ गतेदेखि फागुन ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। फागुन १७ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरुमात्रै  बैंकको वार्षिक साधारणसभा भाग लिन पाउनेछन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको