Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकको साधारणसभा आज, के-के छन् प्रस्ताव ?

अर्थ संसार

मंगलबार, १४ चैत्र २०७९, ०६ : २७ मा प्रकाशित

कृषि विकास बैंकको साधारणसभा आज, के-के छन् प्रस्ताव ?

कृषि विकास बैंक लिमिटेडले १६ औं वार्षिक साधारण आज चैत १४ गते मंगलबारका दिन कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको २ प्र्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश पारित गर्नेछ ।

त्यस्तै बैंकले गत आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन, सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ बैंकले फागुन ३० गतेदेखि चैत १४ गतेसम्म बुकक्लोजको मिति तोकेको थियो त्यसैले फागुन २९ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको