Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकको खुद नाफा १ अर्ब नाघ्यो, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

शुक्रबार, २० साउन २०७९, ०५ : २७ मा प्रकाशित

गरिमा विकास बैंकको खुद नाफा १ अर्ब नाघ्यो, प्रतिसेयर आम्दानी कति ?

गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको नाफामा बृद्धि आएको छ । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब ५ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २६.३५ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा बैंकले ८३ करोड ६३ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी ३१.६७ प्रतिशतले बढेर २ अर्ब ६१ करोड ८ लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी १ अर्ब ९८ करोड २८ लाख रूपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा २५.६८ प्रतिशतले बढेर १ अर्ब ४९ करोड २१ लाख रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले १ अर्ब १८ करोड ७२ लाख रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ७५ करोड २ लाख ९० हजार रुपैयाँ रहेको छ जुन गत बर्षको तुलनामा १५.३० प्रतिशतले बढि हो ।

त्यस्तै, बैंकको चुक्ता पुँजी ४ अर्ब ५७ करोड ९८ लाख रुपैयाँ र जगेडा कोषमा २ अर्ब ४ करोड १० लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएसं) २२ रुपैयाँ ७५ पैसाबाट बढेर २३ रूपैयाँ ७ पैसामा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ५७ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको