Like us!
Follow us!
Connect us!
Watch us!

४५ प्रतिशतले बढ्यो सांग्रिला डेभलपमेन्ट बैंकको नाफा, अन्य अवस्था कस्तो ?

अर्थ संसार

शुक्रबार, २० साउन २०७९, ०५ : ४० मा प्रकाशित

४५ प्रतिशतले बढ्यो सांग्रिला डेभलपमेन्ट बैंकको नाफा, अन्य अवस्था कस्तो ?

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको नाफामा बृद्धि आएको छ । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले ५९ करोड ५८ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ४५.२९ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा बैंकले ४१ करोड रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी ४४.८८ प्रतिशतले बढेर १ अर्ब ७४ करोड ७९ लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी १ अर्ब २० करोड ६५ लाख रूपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा ४६.६९ प्रतिशतले बढेर ८६ करोड ४६ लाख २ हजार रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले ५८ करोड ९४ लाख १२ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३४ करोड ८६ लाख २१ हजार रुपैयाँ रहेको छ जुन गत बर्षको तुलनामा २० प्रतिशतले बढि हो ।

त्यस्तै, बैंकको चुक्ता पुँजी ३ अर्ब १ करोड ६ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब २५ करोड २ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएसं) १४ रुपैयाँ ९८ पैसाबाट बढेर १९ रूपैयाँ ७९ पैसामा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ५२ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको