Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएल घट्दा नेष्डो समृद्ध लघुवित्तको नाफा ७१ प्रतिशतले बढ्यो, ईपिएस कति ?

अर्थ संसार

शुक्रबार, २० साउन २०७९, ०६ : ५० मा प्रकाशित

एनपिएल घट्दा नेष्डो समृद्ध लघुवित्तको नाफा ७१ प्रतिशतले बढ्यो, ईपिएस कति ?

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । समिक्षा अवधिमा संस्थाको मुनाफामा बृद्धि आएको छ ।  

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले २२ करोड १९ लाख ५० हजार खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ७१ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले १२ करोड ९७ लाख ५३ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी भने ७.५७ प्रतिशतले घटेर ३८ करोड २३ लाख ३१ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ४१ करोड ३६ लाख ७४ हजार रूपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा ७५ प्रतिशतले बढेर ३५ करोड २३ लाख २ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले २० करोड १२ लाख ७२ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी २५ करोड ५० लाख रुपैयाँ र जगेडा कोषमा ६१ करोड ९० लाख ८६ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको खराब कर्जा(एनपिएल) घटेर ४.४७ प्रतिशतमा पुगेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ८७ रुपैयाँ ४ पैसा र प्रतिसेयर नेटवर्थ ३४२ रुपैयाँ ७८ पैसा रहेको छ ।

62ec6e2fa81b9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको