Like us!
Follow us!
Connect us!
Watch us!

नेष्डो समृद्ध लघुवित्तको साधारणसभा आज, के के छन् प्रस्ताव?

अर्थ संसार

शुक्रबार, २५ जेठ २०८१, ०८ : १७ मा प्रकाशित

नेष्डो समृद्ध लघुवित्तको साधारणसभा आज, के के छन् प्रस्ताव?

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनीको पाँचौ वार्षिक साधारणसभा आज (जेठ २५ ) हुदैँछ। 

आज पर्वतको कुश्मास्थित रोयल कुश्मा रिसोर्टमा सभा बस्न लागेको हो । सभा दिउँसो १२.३० बोलाइएको छ। 

कम्पनीले साधारणसभा प्रयोजनार्थ जेठ १८ गते एक दिन बुक क्लोज गरिसकेको छ । अर्थात आज जेठ १७ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । 

कम्पनीले आफ्ना सेयरधनीलाई कुनै लाभांशको व्यवस्था भने गरेको छैन ।

कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ । 

तेस्तै, सभामा संस्थाले अन्य एक वा एकभन्दा बढी वित्तीय संस्थालाई गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण प्रक्रियाका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

अर्को प्रस्ताव प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र संशोधनका विषयमा नियमनकारी निकायबाट कुनै फेरबदल वा परिमार्जन गर्न निर्देशन भएका सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ।   

तेस्तै सभामा ४ जना संस्थापक सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको