Like us!
Follow us!
Connect us!
Watch us!

नेष्डो समृद्ध लघुवित्तले बोलायो साधारण सभा, के के छन् एजेण्डा ?

अर्थ संसार

आइतबार, ३१ भदौ २०८०, ११ : १२ मा प्रकाशित

नेष्डो समृद्ध लघुवित्तले बोलायो साधारण सभा, के के छन् एजेण्डा ?

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा आवहान गरेको छ।  लघुवित्तले असोज २६ गतेका लागि सभा बोलाएको हो । सभा रोयल कुश्मा रिसोर्ट, कुश्मा, पर्वतमा दिउँसो साढे १ बजे डाकिएको छ ।

सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको कर सहित १७.९३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न, यसको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १८ गते बुक क्लोज मिति तय गरेको छ।  अर्थात असोज १७ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको