Like us!
Follow us!
Connect us!
Watch us!

नेष्डो समृद्ध लघुवित्तको साधारणसभामा भाग लिन आज सम्म सेयर कायम हुन पर्ने

अर्थ संसार

विहीबार, १७ जेठ २०८१, ०८ : २५ मा प्रकाशित

नेष्डो समृद्ध लघुवित्तको साधारणसभामा भाग लिन आज सम्म सेयर कायम हुन पर्ने

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनीको पाँचौ वार्षिक साधारणसभामा भाग लिन आज सम्म सेयर कायम हुन् पर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ जेठ १८ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात आज जेठ १७ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । 

कम्पनीले आफ्ना सेयरधनीलाई कुनै लाभांशको व्यवस्था भने गरेको छैन ।

वैशाख २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जेठ २५ गते पर्वतको कुश्मास्थित रोयल कुश्मा रिसोर्टमा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ । 

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको