Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकले ॠणपत्र निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन

अर्थ संसार

शुक्रबार, २० साउन २०७९, १६ : २४ मा प्रकाशित

लुम्बिनी विकास बैंकले ॠणपत्र निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन

लुम्बिनी विकास बैंक लिमिटेडले ॠणपत्र निष्कासन गर्ने भएकाे छ । बैंकले ॠणपत्र निष्कासन गर्ने प्रयाेजनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेकाे छ । 

बैंकले “एलबीबीएल बैंक डिबेञ्चर २०८९” काे नाममा वार्षिक ११ प्रतिशत व्याजदर भएकाे १० वर्ष अवधिकाे लागि प्रतिकित्ता १००० मूल्य अंकित दरकाे एक अर्ब रूपैयाँ बराबरकाे १० लाख कित्ता डिबेञ्चर निष्कासन गर्न असार ३० गते सेबाेनमा निवेदन दिएकाे हाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ६ लाख कित्ता बिक्री गर्नेछ । 

बैंकले ॠणपत्र निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको