Like us!
Follow us!
Connect us!
Watch us!

बैंकरहरु ‘कन्भिन्स्’ छन्, ब्याजदर बढाउँदैमा बैंकिङ च्यानलमा डिपोजिट थपिदैंन

लोकेन्द्र ढकाल

शनिबार, २१ साउन २०७९, १९ : ५९ मा प्रकाशित

बैंकरहरु ‘कन्भिन्स्’ छन्,  ब्याजदर बढाउँदैमा बैंकिङ च्यानलमा डिपोजिट थपिदैंन

 नेपाल बैंकर्स ले साउन महिनाको  संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । यो सँगै साउन महिनामा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर नबढ्ने भएको हो । राष्ट्र बैंकले बुधबार मौद्रित नीति कार्यान्वयनको लागि एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै नीतिगत प्रावधान तथा बैंकदर परिवर्तन भए बैंकहरुले निक्षेपको ब्याजदर परिवर्तन गर्न सक्ने व्यवस्था गरेको थियो । संशोधित नीतिगत एकीकृत निर्देशनमा संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर भन्दा कम्तीमा दूई प्रतिशत कम हुनुपर्ने व्यवस्था गरेको थियो ।

पहिला संस्थापक मुद्दती निक्षेप र व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरमा एक प्रतिशत मात्र फरक हुनुपर्ने व्यवस्था थियो । राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेप र व्यक्तिगत मुद्दती निक्षेपको फरक ब्याजदर एकबाट दूई बनाएपछि सर्वसाधारणले लिने व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बैंकर्स संघले बढाउँछन भन्ने हल्ला बजारमा थियो । तर शुक्रवार सम्पन्न बैंकर्स संघको बैंठकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर १०.०३ प्रतिशत बाट घटाएर ०९.०३ प्रतिशत कायम गर्ने निर्णय गरेका छन् । राष्ट्र बैंकको एकीकृत निर्देशनमा बैंकलाई ब्याजदर बढाउन बाध्य पार्ने खालको सर्कुलर आएता पनि वाणिज्य बैंकहरुको साझा संगठन नेपाल बैंकर्स संघ ब्याजदर बढाउन सहमत भएनन् । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर नबढेसँगै संशोधित राष्ट्र बैंकको नीति अनुसार संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर १०.०३ प्रतिशतवाट घटेर ०९.०३ प्रतिशत र व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर साविक कै ११.०३ प्रतिशत कायम भएको नेपाल बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्यायले बताए । उनले भदौ महिनाको ब्याजदरको सम्बन्धमा आगामी हप्ता बैंठक बसेर निर्णय गर्ने बताए ।

साउन महिनामा ब्याजदर नबढेसँगै भदौ महिनामा पनि ब्याजदर बढ्ने सम्भावना कम रहेको बैंकरहरु बताउँछन् । पूर्व बैंकर तथा सिईयो परशुराम कँुवर क्षेत्री भन्छन, ‘ ब्याजदर कहाँ राख्न चाहन्छ भन्ने कुरा फेरी पनि राष्ट्र बैंककै पोल्टामा छ, उसले  ६०, ७० अर्ब जतिको रिपो तुरुन्तै जारी गर्दियो भने ब्याजदर स्थिर या तल पनि आउँन सक्छ, ढिलो गरि २०, ३० अर्बको चुबुर चुबुर गरेर ल्याइदियो भने अन्तर बैंक दर हृवात्तै माथि जान्छ अनि बैंकहरु प्रेसरमा पर्छन र ब्याजदर बढ्ने सम्भावना हुन्छ, ।’ उनी ट्रेजरी बिलको दर र संस्थागत मुद्दती निक्षेपको ब्याजदरमा धेरै फरक भए संस्थागत लगानीकर्ताले रणनीति परिवर्तन गरि बैंकमा राखेको पैसा झिकेर ट्रेजरी बिल किन्न तिर लाग्छन् कि भन्ने डर बंैकहरुमा हुन्छ, त्यसैले आगामी महिनाको ब्याजदर निर्धारण गर्न बैंकर्स संघलाई चुनौती रहेको बताउँछन् । यद्यपी उनी ट्रेजरी बिलको अबधि छोटो हुने हुँदा बैंक मुद्दतीमा पैसा राखे जस्तो सजिलो संस्थागत लगानीकर्तालाई ट्रेजरीमा नहुने बताउँछन् । उनले राष्ट्र बैकको नीतिले ब्याजदर माथि लान खोजेको देखिन्छ, विश्वमा ब्याजदर कहाँ लगेर राख्ने भन्ने सेन्ट्ररल बैंककै हातमा हुन्छ, भन्दै अबको राष्ट्र बैकको क्रियाकलापले नै भदौ महिनाको ब्याजदर निधारण हुने  बताए । 

 यसैबिच पूर्व बैंकर कँुवर क्षेत्रीले तमाम परिस्थितिको बाबजुत बैंकर्स संघले ब्याजदर बढाउँदैमा बैंकिङ च्यानलमा डिपोजित नथपिने कुरामा बैंकरहरु ‘कन्भिन्स्’ छन्, यसर्थ भदौ महिनाको मुद्दती निक्षेपको ब्याजदर स्थिर रहने सम्भावना धेरै रहेको बताउँछन । उनी बैंक र राष्ट्र बैंक बिच समन्वय हुनु पर्ने बताउँछन् ।

नेपाल बैकर्स संघका एक पदाधिकारीेले पनि भदौ महिनाको ब्याजदर बढाउने पक्षमा आफुहरु नरहेको बताए । नाम उल्लेख नगर्दिने सर्तमा उनले ‘बिहानीले दिउँसो बताउँछ’ भने झै साउन महिनाको हाम्रो निर्णयले भदौ महिनाको अनुमान गर्न सन्नुहुन्छ भन्दै भने, ‘ब्याजदर बढाउन राष्ट्र बैंकको सर्कुलरलाई बहाना बनाउँदै साउनमै बढाउन सजिलो थियो तर बढाइएन भनेपछि भदौ महिनामा ब्याजदर स्थिर रहने सम्भावना धेरै रहेको बताए । 

त्यसैगरि एक विकास बैंकका प्रमुख कार्यकारी अधिकृतले राष्ट्र बैंकको मौद्रित नीतिको एकिकृत कार्यान्वयन निर्देशनमा कोभिड –१९ को प्रभावले बैंक तथा वित्तिय संस्थाले धेरै प्रभावित क्षेत्रको किस्ता तथा व्याजमा रि–फाइनान्सिङ्ग र रि–सेडुलिङ्गको सुविधा  दिएको थियो, साँवा र ब्याजहरुको पैसा बुझाउने समय थपिएका थिए तर अहिले त्यो हटाउने निर्णय सर्कुलरमा आएकाले बैकिङ च्यानलमा केहि पैसा तान्ने बाटो खुलेको हुँदा पनि बैकहरुले ब्याजदर यथावत राख्न खोजेको बताए । 

व्यवसायी तथा स्वतन्त्र पूँजीबजार सुधार संघका अध्यक्ष सुशिल लुनियाँले अर्थतन्त्रको अधिकांश सूचकहरु सुधारोन्मुख अवस्थामा रहेकाले उद्योगी तथा लगानीकर्तामा अब पनि ब्याजदर बढाए व्यवसाय धरासायी हुने हुँदा ब्याजदर बढाउन नहुने बताउँछन् । उनले व्यवसायी बचे बैंक पनि टिक्ने हो भन्दै ब्याजदर घटाउन नत्र स्थिर राख्नुपर्ने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको